दफा ११
अभिलेख राख्नु पर्ने
सबै स्थानीय पंजिकाधिकारीको कार्यालयले महिनैपिच्छे दर्ता भएको व्यक्तिगत घटनाको विवरण पंजिकाधिकारी कहाँ यथाशीघ्र पठाउनु पर्नेछ र पंजिकाधिकारीले पनि त्यसरी प्राप्त हुन आएको विवरण संकलन एवं विश्लेषण गरी व्यक्तिगत घटना दर्ताको अभिलेख अध्यावधिक गरी वार्षिक नतीजा समेत प्रकाशित गर्नुपर्नेछ ।
“११क. एकीकृत विद्युतीय प्रणालीको निर्माणः (१) नेपाल सरकारले व्यक्तिगत घटना दर्ताको लागि एकीकृत विद्युतीय प्रणालीको निर्माण गरी संचालनमा ल्याउने छ।
(२) उपदफा (१) बमोजिम संचालनमा ल्याइएको विद्युतीय प्रणालीमा गाउँपालिका वा नगरपालिकालाई पहुँच दिइनेछ र गाउँपालिका वा नगरपालिकाले व्यक्तिगत घटना दर्तामा त्यस्तो प्रणालीको अवलम्वन गर्नु पर्नेछ।”